शारजाह प्रहरीमा जागिर भन्दै गरिएको विज्ञापनमा विश्वास नगर्न आग्रह

 असार २९, २०८० शुक्रबार १२:४७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अहिले सामाजिक सञ्जालमा यूएईको शारजाह प्रहरीमा जागिर भन्दै गरिएका विज्ञापन झुटा भएको प्रहरीले जनाएको छ । शारजाह प्रहरीले यस विषयमा बिहीबार पुष्टि गरेको गल्फ न्युजले जनाएको छ । 

जुनसुकै देशका नागरिकले पनि शारजाह प्रहरीमा भर्ती हुन पाउने भन्दै विज्ञापन भइरहेका छन् । रोजगारीको नाममा ठगी गर्ने उद्देश्यले यस्ता विज्ञापन गरिएको र त्यस्ता विज्ञापनको विश्वास नगर्न शारजाह प्रहरीले आग्रह गरेको छ । 

यस्तै शारजाह प्रहरीले अहिले कुनै पनि विज्ञापन नगरेको र विज्ञापन गरेमा आफ्नै आधिकारिक वेबसाइटबाट गर्ने पनि जानकारी गराएको छ । यूएई नेपालीहरुको मुख्य श्रम गन्तव्य देश हो । दुबई तथा शारजाह प्रहरीमा जागिर पाइने प्रलोभनमा धेरै नेपाली ठगीमा पर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया