पेट्रोल पम्पको काममा इटाली पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

 भदौ ६, २०८० बुधबार १८:१७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीको लागि इटाली पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रोजगारीमा इटाली पठाइदिन्छु भन्दै तीर्थबहादुर थापासँग चार लाख २५ हजार रुपैयाँ ठगी गरेका कालिकोट गरी भई अहिले काठमाण्डौको कीर्तिपुर बस्ने विष्णु रिषी पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

विष्णु रिषीले इटालीमा पेट्रोल पम्पको काम लगाइदिने भन्दै तीर्थबहादुरसँग रकम लिएका थिए । उता पुगेपछि महिनाकै एक लाख रुपैयाँ तलब हुने प्रलोभन देखाएका विष्णु रिषी रकम हात परेपछि भने फरार भएका थिए । 

एजेण्ट फरार भएपछि तीर्थबहादुरले वैदेशिक रोजगार विभागमा उजुरी दिनुभएको थियो । विभागले पक्राउ गरी उपस्थित गराइदिने भनेपछि प्रहरीले एजेण्ट पाण्डेलाई पक्राउ गरी विभागमा बुझाएको छ । 

तपाईको प्रतिक्रिया