नेपाल एयरलाइन्सको काठमाण्डौ साउदी काठमाण्डौको टिकट अनलाइनमार्फत पनि किन्न सकिने

 भदौ २१, २०८० बिहिबार १७:१४:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपाल एयरलाइन्सको काठमाण्डौ साउदी काठमाण्डौको हवाई टिकट अनलाइनमार्फत पनि काट्न सकिने भएको छ ।

गए राती अर्थात् सेप्टेम्बर ६ देखि काठमाण्डौ साउदी सिधा उडान सुरु गरेको एयरलाइन्सले आफ्नो वेबसाइट वा नजिकको ट्राभल एजेन्सीमार्फत टिकट किन्न सकिने जनाएको छ । 

हिजो सेप्टेम्बर ६ मा काठमाण्डौबाट साउदीको दमामका लागि भरेको पहिलो सिधा उडानमा एक सय २६ जना यात्रु थिए भने फर्कँदा एक सय १७ जना यात्रु लिएर फर्किएको थियो ।  

नेपाल एयरलाइन्सले काठमाण्डौ दमाम काठमाण्डौ हप्ताको दुई दिन बुधवार र शनिवार उडान भर्ने छ । तर यात्रुको माग भएमा उडान सङ्ख्या बढाउँदै लैजाने जनाएको छ ।

एयरलाइन्सको वेबसाइट लिङ्कका लागि यहाँ क्लिक गर्नुहोस् 

तपाईको प्रतिक्रिया