अनलाइनमार्फत श्रम स्वीकृति लिन र श्रम स्वीकृति नभइ हवाई टिकट नलिन विभागको आग्रह

 मंसिर २१, २०८० बिहिबार ११:३८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  वैदेशिक रोजगार विभागले अनलाइनमार्फत नै श्रम स्वीकृति लिन आग्रह गरेको छ । श्रम स्वीकृतिको काम पूर्ण रूपमा अनलाइनमार्फत हुँदै आएको भन्दै विभागले अनलाइनमार्फत नै लिन अनुरोध गरेको हो ।

यस्तै श्रम स्वीकृति नभइ हवाई टिकट नलिन पनि विभागको आग्रह छ । वैदेशिक रोजगार व्यवस्थापन प्रणाली (फेमिस) मार्फत अनलाइनबाट घरबाटै सेवा प्राप्त हुने गरी व्यवस्था मिलाइएको भन्दै विभागले कार्यालयमा भौतिक रुपमा उपस्थित नहुन भनेको हो ।

केही दिनअघिसम्म फेमिसमा समस्या आएपछि श्रम स्वीकृति लिन भौतिक रूपमै कार्यालय पुग्नेको भिड लाग्ने गरेको थियो । अहिले फेमिसमा देखिएको समस्या समाधान भइसकेको भन्दै विभागले कार्यालयमा नआएर अनलाइनबाटै श्रम स्वीकृति लिन अनुरोध गरेको हो ।

उपलब्ध जनशक्तिको आधारमा दैनिक टोकन खुला गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको भन्दै विभागले टोकन प्राप्त गरेको मिति र समयबाट प्राविधिक कारणले सम्भव भएसम्म ७२ घण्टाभित्र अनलाइन रूपमा श्रम स्वीकृति सम्बन्धी सेवा दिने प्रतिबद्धता पनि जनाएको छ ।

 

तपाईको प्रतिक्रिया