पोर्चुगलका लागि प्रस्तावित राजदूत शनिल नेपालको नाम सर्वसम्मत

 मंसिर २३, २०८० शनिबार ७:५६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संसदीय सुनुवाई समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत शनिल नेपालको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । राजदूतका लागि सरकारले प्रस्ताव गरेको नेपालको नाम समितिको हिजोको बैठकबाट सर्वसम्मतिले अनुमोदन भएको हो ।

समितिको बैठकमा प्रस्तावित राजदूत नेपालले पोर्चुगलबाट हरेक वर्ष नेपालमा १० हजारको सङ्ख्यामा पर्यटक भित्र्याउने गरी काम गर्ने दाबी गर्नुभएको थियो ।

गएको कात्तिक २ गतेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली दूतावास खोल्ने र राजदूतमा नेपाललाई नियुक्त गर्ने निर्णय गरेको थियो । पछिल्लो समय पोर्चुगलमा जाने नेपालीको सङ्ख्या बढ्न थालेको छ । विशेषगरी कृषि क्षेत्रमा कामदार र अध्ययनका लागि नेपालीहरु पोर्चुगल जाने गरेका छन् ।

तपाईको प्रतिक्रिया