सरकारले रुस र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृति रोक्यो

 पुस १९, २०८० बिहिबार १८:५७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले युद्धग्रस्त देश रुस र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ । रुस–युक्रेनबीच युद्ध भइरहेकाले तत्कालका लागि श्रम स्वीकृति दिन बन्द गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागले आज बिहीवार एउटा सूचना निकालेर यी वटा दुई देशमा वैदेशिक रोजगारीका लागि दिँदै आएको संस्थागत वा व्यक्तिगत श्रम स्वीकृति अर्को सूचना नआएसम्मका लागि स्थगित गरेकाे जनाएको हो ।

पछिल्लो समय रुस–युक्रेनबीचको युद्धमा रुसी फौजमा भर्ना भएका नेपालीकाे ज्यान गएको खबर आइरहेका छन् । रुसी फौजमा भर्ना भएका १० जना नेपालीको ज्यान गएको पुष्टि भइसकेको छ । एक सय जना सम्पर्कविहीन रहेका परराष्ट्रमन्त्री एनपी साउदले नै बताइसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया