भिजिट भिसामार्फत मानव तस्करी गरेको भन्दै २२ जनाविरुद्ध मुद्दा दर्ता

 माघ १९, २०८० शुक्रबार ७:१२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाका नाममा हुने मानव तस्करीमा संलग्न २२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डाैले ९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध लिखत कीर्ते र सङ्गठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो ।

काठमाण्डाै जिल्ला अदालतमा मुद्दा दर्ता भएकाहरुमा अध्यागमन अधिकृतहरू ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णुप्रसाद अर्याल, विकास डङ्गोल, पीताम्बर रिमाल, सुजन फागो लिम्बु र नरवीर खड्का छन् ।

यस्तै, गीता शाह, सरोजकुमार यादव, पदम लामा, मनोज तामाङ, रामप्रसाद भण्डारी, दिनेश ज्ञवाली, रविन अर्याल, विनोद कार्की, कौशीला मगर, लक्ष्मी राई र रीता दमाईविरुद्धसमेत मुद्दा दर्ता भएको छ ।

ट्राभल एजेन्सीमार्फत रकम लिएर नक्कली कागजात बनाउनेदेखि विमानस्थलबाट बाहिर पठाउने प्रक्रियामा अध्यागमनका कर्मचारीहरूको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । रोजगारीको प्रलोभन देखाएर मानव तस्करी बढ्न थालेपछि सरकारले भिजिट भिसाको यसअघिको प्रावधान खारेज गर्दै नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ । 

तपाईको प्रतिक्रिया