नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर अमेरिकाको भिसा आवेदन दिने १० जना पक्राउ

 माघ १९, २०८० शुक्रबार ७:१७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी अमेरिकाका लागि आवेदन दिने १० जना पक्राउ परेका छन् । काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिकी दूतावासको समन्वयमा १० जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डीभी परेकाहरुसमेत रहेका प्रहरीले जनाएको छ । प्रहरीले सञ्जय महर्जन, भगवती उप्रेती, रोना गुरुङ, सुमन ढकाल, विवेक उपाध्याय, सक्षम अर्याल, सुरज अधिकारी, अशोक श्रेष्ठ, पुरुषोत्तम मल्लिक र स्वर्णीम दाहाललाई पक्राउ गरेको हो । अघिल्लो वर्ष सन् २०२३ का लागि डीभी परेकाहरूले नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्न थालेपछि अमेरिकी दूतावासले प्रहरीलाई खबर गरेको थियो ।

भिसा आवेदनका लागि उनीहरूले एसलएलसी र १२ कक्षाको नक्कली शैक्षिक प्रमणपत्र पेस गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

तपाईको प्रतिक्रिया