अध्यागमन विभागले शुरु गर्‍याे ई–भिसा र अनलाइन भुक्तानी सेवा

 माघ २६, २०८० शुक्रबार १८:२७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अध्यागमन विभागले ई–भिसा र अनलाइन भुक्तानी सेवा शुरु गरेको छ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नयाँ भिसा लिन र भिसाको म्याद थप गर्ने ई–भिसा र अनलाइन भुक्तानी सेवाको शुभारम्भ गर्नुभएको हो ।

सेवा शुरु भएसँगै नयाँ भिसा प्राप्त गर्न, भिसाको म्याद थप गर्न, पदयात्रा अनुमति प्राप्त गर्न सेवाग्राही भौतिक रूपमा अध्यागमन कार्यालयमा उपस्थित हुनुपर्ने, आवेदन दिन र भुक्तानी गर्न लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

अब नाता र विवाहको आधारमा गैरपर्यटक भिसा लिने बाहेक अन्य सेवाग्राही विभाग पुग्नुपर्ने छैन । सबै प्रक्रिया अनलाइनमार्फत हुने र अन्तिममा भिसा स्टिकर टाँस गर्न मात्रै विभाग वा नेपालको जुनसुकै अध्यागमन कार्यालयबाट भिसा स्टिकर टाँस गर्न सकिने भएको छ ।

विभागले माघ महिनादेखि नै हस्तलिखित हस्ताक्षरलाई डिजिटल हस्ताक्षरको प्रयोग गर्नेगरी तयारी गरिरहेको पनि जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया