आबुधाबी डायलग : कामदारको न्यूनतम तलब निर्धारण गर्न नेपालको प्रस्ताव

 माघ २८, २०८० आइतबार ९:११:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संयुक्त अरब इमिरेट्स (यूएई)मा हिजोदेखि शुरु भएको आबुधाबी डायलगमा नेपालले कामदारको न्यूनतम तलब निर्धारण गर्नुपर्ने प्रस्ताव गरेको छ । उच्च श्रम अधिकारीहरुको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले रोजगारदाता देशहरुले कामदारको न्यूनतम तलब निर्धारण गर्नुपर्ने प्रस्ताव गर्नुुभएको हो ।

गन्तव्य देशहरुले न्यायोचित भर्ना, कार्यस्थलमा कामदारको स्वास्थ्य सुरक्षाको सुनिश्चितता र एकै प्रकृतिको करारपत्रलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा पनि नेपालले जोड दिएको छ । खाडी देश अन्तर्गत यूएई, साउदी अरेबिया, कुवेत, बहराइन, ओमान र कतारमा नेपाली कामदार जाने गरेको भए पनि कतारले मात्रै कामदारको न्यूनतम तलब निर्धारण गरेकोे छ ।

अबुधाबी डायलगअन्तर्गत आज हुने मन्त्रीस्तरीय बैठकमा कामदारको तलब तथा अरु सुरक्षा, रेमिट्यान्सको आप्रवाह तथा प्रयोग, सीपयुक्त जनशक्ति उत्पादनमा साझेदारी र न्यायोचित भर्नाको अभ्यासबारे छलफल हुनेछ ।

अबुधाबीमा डायलगमा कामदार पठाउने र लिने २१ देशका श्रममन्त्री र उच्च सरकारी अधिकारीहरुको सहभागिता रहेकोे छ । बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा ५ सदस्यीय नेपाली टोली यूएईमा रहेको छ ।

तपाईको प्रतिक्रिया