नेभिगेशन
सोमबार, कात्तिक १६, २०८३

युनाइटेड टेक्निकल कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाण्डाै – चितवनकाे भरतपुरमा रहेकाे युनाइटेड टेक्निकल कलेज (यू–टेक) ले आयाेजना गरेकाे ‘इन्टरनेशनल कन्फ्रेनस अन डिजिटल टेक्नाेलाेजी एन्ड एन्फ्रास्ट्रक्चर इन इन्जिनियरिङ एन्डा एलाइड साइनेस्स २०२६’ सम्पन्न भएको छ ।

इन्जिनियरिङ, डिजिटल प्रविधि, पूर्वाधार विकास तथा दिगो निर्माणका विषयमा केन्द्रित सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, अनुसन्धानकर्ता, प्राध्यापक, इन्जिनियर तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । एक दिने सम्मेलन हिजाे सम्पन्न भएकाे हाे ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. विष्णुराज तिवारीले सम्मेलनकाे उद्घाटन गर्नुभएको थियो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले डिजिटल प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनलाई राष्ट्रको समग्र विकाससँग जोड्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा इन्जिनियर बाबुराम उपाध्यायले नेपालमा गुणस्तरीय प्राविधिक शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिँदै शैक्षिक संस्था, उद्योग तथा सरकारी निकायबीचको सहकार्यलाई सुदृढ बनाउन आवश्यक रहेकोमा जाेड दिनुभयाे । दिगो पूर्वाधार विकास, प्रविधिमैत्री नीति तथा दक्ष जनशक्ति उत्पादनमा यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूले महत्त्वपूर्ण योगदान पुर्‍याउने उहाँकाे भनाइ छ ।

सम्मेलनमा कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल सुशासन, यातायात पूर्वाधार, भवन निर्माण, जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा दिगो विकाससँग सम्बन्धित विभिन्न अनुसन्धानमूलक कार्यपत्रहरू प्रस्तुत भएका थिए ।

सम्मेलनमा देशभरका विभिन्न शैक्षिक संस्था तथा अनुसन्धान केन्द्रबाट प्राप्त अनुसन्धानपत्रमाथि प्रस्तुति, छलफल तथा अन्तरक्रिया गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले अनुसन्धान संस्कृति, प्राविधिक नवप्रवर्तन तथा ज्ञान आदानप्रदानलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका थिए।

युनाइटेड टेक्निकल कलेजका प्राचार्य प्रा. डा. माधवप्रसाद कोइरालाले सम्मेलनले शैक्षिक संस्था, उद्योग तथा सरोकारवाला निकायहरूबीच सहकार्य अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति:
थप अर्थ