नेभिगेशन
सोमबार, कात्तिक १६, २०८३

पाेखरा महानगरले ल्यायाे ७ अर्ब १५ कराेडकाे बजेट

काठमाण्डाै – पोखरा महानगरपालिकाले आउँदाे आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँ बराबरकाे बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले आज १९औँ नगरसभामा बजेट प्रस्तुत गर्नुभएकाे हाे ।

कुल बजेटको पूँजीगततर्फ ४४.९ र चालुतर्फ ५५.१ प्रतिशत बजेट विनियोजन भएको छ । महानगरले सङ्घीय सरकारबाट वित्तीय हस्तान्तरणमार्फत ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । यस्तै प्रदेश सरकारबाट ९ करोड १५ लाख ३६ हजार रुपैयाँ वित्तीय हस्तान्तरण हुने अनुमान छ ।

महानगरले आन्तरिक तथा राजस्व बाँडफाँटबाट ३ अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ जुटाउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति:
थप अर्थ