नेभिगेशन
सोमबार, कात्तिक १६, २०८३

राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाका सीईओको तलब भत्तासम्बन्धी मार्गदर्शन जारी

काठमाण्डौ — नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गर्दशन–२०८३ जारी गरेको छ । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरेका ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक, ‘ग’ वर्गका फाइनान्स कम्पनी र ‘घ’ लघुवित्त कम्पनीलाई समेटर मार्गनिर्देशन जारी गरिएको हो ।

जसमा इजाजतपत्र प्राप्त संस्थाको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई नियुक्त गर्दाका बखत नै निजले पाउने वार्षिक तलब, भत्ता तथा अन्य सुविधाको सम्बन्धमा सम्झौतापत्रमा स्पष्ट उल्लेख गर्नुपर्ने उल्लेख छ ।

बैंकहरूमा सीईओको पारिश्रमिक निर्धारणमा एकरूपता कायम गर्न र संस्थागत सुशासन प्रवद्र्धन गर्न अब एक विशेष समिति गठन गर्नुपर्नेछ । सञ्चालक समितिले स्वतन्त्र सञ्चालकको संयोजकत्वमा अन्य दुई सञ्चालक रहने गरी तीन सदस्यीय ’तलब, भत्ता तथा अन्य सुविधा सिफारिस समिति’ गठन गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार यो समितिले सीईओको योग्यता, संस्थाको पूँजीको प्रतिफलदर, व्यवसायको आकार, सञ्चालन मुनाफा र तल्लो तहका कर्मचारीसँगको पारिश्रमिक भिन्नतालाई आधार मानेर मात्र पारिश्रमिक सिफारिस गर्नेछ । 

प्रकाशित मिति:
थप अर्थ