नेभिगेशन
सोमबार, कात्तिक १६, २०८३

आज सूक्ष्म, साना तथा मझौला उद्यम दिवस

नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान

काठमाण्डौ — आज सूक्ष्म, साना तथा मझौला उद्यम दिवस । हरेक वर्ष जुन २७ तारिखमा मनाउने यो दिवस यस वर्ष ’नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत सूक्ष्म, साना तथा मझौला उद्यमलाई सशक्त बनाऔँ’ भन्ने नाराका साथ मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घले सन् २०१७ देखि हरेक वर्ष यो दिवस मनाउँदै आएको छ । राष्ट्रसङ्घका अनुसार विश्वका ९० प्रतिशतभन्दा बढी व्यवसाय यिनै उद्यम हुन्, जसले विश्वव्यापी रोजगारीको ६० देखि ७० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा झण्डै ५० प्रतिशत योगदान रहेकाे छ ।

महिला, युवा र गरिब समुदायका लागि यी उद्यम आयआर्जनको प्रमुख आधार बनेका छन् । तर वित्तीय पहुँचको अभाव, कमजोर पूर्वाधार, सीमित बजार र जटिल नियामकीय प्रक्रियाले यी उद्यमलाई अझै चुनौतीमा राखेको छ ।

राष्ट्रसङ्घले डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता र हरित नवप्रवर्तनलाई यी उद्यमका लागि नयाँ अवसरका रूपमा देखेको छ । यसका लागि सरकार, निजी क्षेत्र र विकास साझेदारबीच सहकार्य अपरिहार्य रहेको राष्ट्रसंघको भनाइ छ ।

प्रकाशित मिति:
थप अर्थ