नेभिगेशन

५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा नवयुवा आन्दोलनको अवरोध : न्यायाधीश महेश शर्मा पौडेल

काठमाण्डौ — सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलले पाँच वर्ष नाघेका मुद्दाहरूलाई छिटो किनारा लगाउने अदालतको लक्ष्यमा नवयुवाको आन्दोलनले चुनौती थपेको बताउनुभएको छ । 

गएको वर्ष आठ वर्ष पुराना मुद्दाहरू फछर्यौट गरी उल्लेख्य प्रगति गरेको अदालतले यस वर्ष पाँच वर्ष नाघेका मुद्दाहरूलाई शुन्यमा झार्ने लक्ष्य लिएको थियो । तर  भदौ २३ र २४ गतेका घटना र त्यसपछिको परिस्थितिले लक्ष्य प्राप्तिमा अवरोध पुगेको न्यायाधीश पौडेलले बताउनु भयो ।

उहाँले प्रतिकूल परिस्थितिका बाबजुद पनि  आगामी दिनमा कार्यसम्पादन बढाएर लक्ष्य प्राप्ति गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । न्यायाधीश पौडेलले न्यायालय सधैँ स्वतन्त्र न्यायपालिकाको हिमायती रहेको र रहने स्पष्ट पार्नुभयो ।

यो  कठिन अवस्था नआएको भए असार मसान्तसम्म ५ वर्ष नाघेको कुनै पनि मुद्दा बाँकी नरहने उहाँले उल्लेख गर्नुभएको छ । अस्वाभाविक रूपमा भदौ २४ गतेको घटनापछि मिसिलसम्बन्धी उत्पन्न परिस्थितिले न्यायलयलाइै  निकै पछाडि धकेलेको र यो वर्ष मुद्दाको सङ्ख्या पनि बढ्न सक्ने उहाँले बताउनुभयो ।

अदालतले न्याय सम्पादनलाई शिघ्र र प्रभावकारी बनाउन प्रयास जारी राखेको बताउँदै उहाँले परिस्थितिलाई बुझिदिन आम जनसमुदायलाई आग्रह समेत गर्नुभयो । 

उहाँले सञ्चारमाध्यमलाई न्यायपालिकाको आवाज जनमानसमा पु¥याउने सहयात्री र परिपूरकका रूपमा चित्रण गर्नुभयो । पछिल्लो समय चर्चामा रहेको ‘मिडिया ट्रायल’ र समाचार संप्रेषणको सीमाका सम्बन्धमा उहाँले सर्वोच्च अदालतबाट भएका विभिन्न फैसलाहरूले यसको परिधि स्पष्ट पारिसकेको बताउनु भयो । 

प्रकाशित मिति:
थप राजनीति