नेभिगेशन
बिहीबार, असोज १५, २०८३

वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन

काठमाण्डौ – वामपन्थी नेता तथा पूर्वसांसद घनेन्द्र बस्नेतको निधन भएको छ ।

२०३३ सालमा झापा आन्दोलनका तत्कालीन अगुवा सिपी मैनाली र प्रदीप नेपालसहितका नेताहरूसँग मिलेर नक्खु जेल ब्रेक गर्नेमध्येका एक बस्नेत केही समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।

भोजपुर स्थायी घर भएका बस्नेत एमाले विभाजनपछि बनेको नेकपा समाजवादीका पूर्ववरिष्ठ नेता पनि हुनुहुन्थ्यो । भक्तपुरको क्यान्सर अस्पतालमा उपचारका क्रममा उहाँको हिजो निधन भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शोक वक्तव्य निकाल्दै नेपालको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा बस्नेतको योगदान अविष्मरणीय रहेको उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति:
थप राजनीति