नेभिगेशन
सोमबार, कात्तिक १६, २०८३

जुन महिनामा ९१ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आए

काठमाण्डाै – सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो सङ्ख्या गएको वर्षको जुन महिनाको तुलनामा १९ दशमलव ५ प्रतिशतले धेरै हो । गएको वर्षको जुन महिनामा ७६ हजार ४२५ जना पर्यटक नेपाल आएका थिए ।

त्यस्तै कोभिड–१९ महामारीअघि सर्वाधिक पर्यटन गतिविधि भएको सन् २०१९ को जुनमा ७४ हजार ८८३ जना पर्यटक आएका थिए । यस वर्षको जुन महिनामा सन् २०१९ को तुलनामा २२ दशमलव ०१ प्रतिशतले पर्यटक बढेका छन् ।

मध्यपूर्वमा चलेको युद्धका कारण हवाई टिकटमा समस्या, मूल्यवृद्धिलगायतका समस्याबीच पनि पर्यटक बढेका हुन् ।

नेपाल आएका पर्यटकमध्ये ४१ हजार ८०९ जना भारतीय रहेका छन् । यस्तै अर्को छिमेकी देश चीनबाट ८ हजार ८७५ जना आएका छन् । बोर्डका अनुसार युरोपबाट १३ हजार ११९ र अमेरिकी महादेशबाट ६ हजार ९५४ जना पर्यटक नेपाल आएका छन् ।

प्रकाशित मिति:
थप अर्थ