नेभिगेशन
सोमबार, कात्तिक १६, २०८३

असार २५ गतेसम्म सेवानिवृत्त हुने कर्मचारीको रकम भुक्तानी गर्न निर्देशन

काठमाण्डौ - महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको सुविधाबापतको रकम असार २५ गतेसम्म निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ । 

महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुभाषचन्द्र अर्यालले पत्राचार गरेर सेवानिवृत्त कर्मचारीको सुविधामध्ये उपदान, सञ्चित बिदा र औषधिउपचार बापत पाउने रकम भुक्तानी गर्नु/गराउन अनुरोध गरिएको बताउनुभयो ।

यसअघि कार्यालयले असार २० गतेसम्म मात्रै भुक्तानी तथा निकासा गर्ने भने पनि केही समयको लागि अवधि बढाइएको जनाएको छ ।   

प्रकाशित मिति:
थप अर्थ