नेभिगेशन
शनिबार, कात्तिक १४, २०८३

सार्वजनिक ठाउँमा महिलामाथि अश्लील हर्कत गर्ने शिक्षा अधिकृत पक्राउ

काठमाण्डाै  ललितपुरकाे महालक्ष्मी नगरपालिका–२ इमाडोलमा सार्वजनिक ठाउँमा महिलामाथि अश्लील हर्कत गर्ने शिक्षा अधिकृत पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैतडीकाे पाटन नगरपालिका–७ घर भई ललितपुर बस्ने ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका प्रहरीले जनाएकाे छ । पीडित महिलाले ती व्यक्तिको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि प्रहरी वृत्त सातदोबाटोको टोलीले पक्राउ गरेको हो ।

भट्ट नेपाल सरकारकाे शिक्षा अधिकृतका रूपमा कार्यरत रहेका खुलेकाे छ । उनलाई हिरासतमा राखी अनुसन्धान भइरहेकाे प्रहरी वृत्त सातदोबाटोले जनाएकाे छ ।

प्रकाशित मिति:
थप समाज