नेभिगेशन

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ - आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार मधेश प्रदेशका साथै लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ । आज राति पनि मधेश तथा कोशी प्रदेशको पहाडी र तराईको थोरै ठाउँ र गण्डकी प्रदेशको पहाड र तराईको एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

गए राति पनि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । केही दिनयता बिहानपख घाम चर्को लाग्ने तथा बेलुकी र राति पानी पर्ने गरेको छ ।

प्रकाशित मिति:
थप समाज