नेभिगेशन

व्यवसायी अजय सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश

काठमाण्डौ - सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा थप अनुसन्धान नगर्न अन्तरिम आदेश जारी गरेको छ । 

न्यायाधीश बालकृष्ण ढकालको इजलासले व्यवसायी सुमार्गीले दायर गर्नुभएको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अनुसन्धान अघि नबढाउन अन्तरिम आदेश गरेको हो । अदालतबाट हिजो सार्वजनिक लिखित पाठमा निवेदनको अन्तिम किनारा नलागेसम्म सर्वोच्च अदालतबाट भएको अन्तिम आदेश विपरीत हुने गरी निवेदककाविरुद्धमा कुनै कारबाही नगर्नु/नगराउनु भनिएको छ । 

व्यवसायी सुमार्गीले आफूमाथि धेरै पटक अनुसन्धान भएको उल्लेख गर्दै अनुसन्धान रोक्न माग गर्दै रिट दायर गर्नुभएको थियो । दुई हप्ताअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी सुमार्गीको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको थियो । 

यो निर्णयविरुद्ध व्यवसायी सुमार्गी सर्वोच्च अदालत पुग्नुभएको थियो ।   

प्रकाशित मिति:
थप समाज