नेभिगेशन

१९ दिनमा साढे ४० हजार मेट्रिकटन मल आपूर्ति

काठमाण्डौ — पछिल्ला केही दिनयता मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ भैरहेको छ । असारको शुरुआती १९ दिनमा साढे ४० हजार मेट्रिकटन भन्दा धेरै रासायनिक मलको बिक्री/वितरण भइसकेको तथ्याङ्क छ ।

असार १ देखि १९ गतेसम्मको सरकारी तथ्याङ्कअनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेसनमार्फत कूल ४० हजार ५६९.२५ मेट्रिक टन रासायनिक मल किसानको खेतबारीसम्म पुगिसकेको छ ।

कूल वितरण मलमध्ये कृषि सामग्री कम्पनी लिमिटेडले २६ हजार ९९४.६५ मेट्रिकटन आपूर्ति गर्दै वितरणको ठूलो हिस्सा सम्हालेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले १३ हजार ५७४.६ मेट्रिकटन मल किसानमाझ पु¥याएको छ । तर अझै पनि किसानले चाहेजति मल नपाएको गुनासो गर्दै आएका छन् ।

मल आपूर्तिमा योजनाबद्ध पहल गरिरहेको सरकारको दाबी छ । असार तेस्रो हप्तासम्म देशभर ३२ प्रतिशत रोपाइँ भएको छ । कुल धानखेती हुने जमिन १३ लाख ८२ हजार हेक्टर छ ।

त्यसमध्ये अहिलेसम्म ४ लाख ४३ हजार हेक्टरमा रोपाइँ भएको कृषि विभागको तथ्याङ्क छ । 

प्रकाशित मिति:
थप समाज