नेभिगेशन

देउवा पुत्र जयवीरलाई बयानका लागि उपस्थित हुन सम्पत्ति शुद्धीकरण विभागको पत्र

काठमाण्डाै – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरलाई ७ दिनभित्र विभागमा उपस्थित भई बयान दिन भनेको छ ।

विभागले काठमाण्डाैकाे बूढानीलकण्ठमा रहेको नवयुवा आन्दोलनमा क्षति भएको निवासमा पत्र टाँस्दै अनुसन्धानका क्रममा केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले तोकिएको समयभित्र उपस्थित हुन निर्देशन दिएको हो ।

विभागका अनुसार जयवीर देउवामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान चलिरहेकाे छ । यसअघि नै पूर्वप्रधानमन्त्री देउवा दम्पतीलाई पनि बयानका लागि विभागले पुर्जी जारी गरेको थियो । उनीहरूले आफूहरू उपचारका क्रममा विदेशमा रहेको र निर्धारित समयमा नेपाल फर्किने जानकारी गराइसकेका छन् ।

जयवीर देउवाकाे नाम नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद तथा ई–पासपोर्ट (राहदानी) खरिद प्रक्रियामा जोडिएको छ ।

विभागले निकालेकाे सूचनामा तोकिएको समयभित्र उपस्थित नभए प्रचलित कानूनबमोजिम थप प्रक्रिया अघि बढाउने उल्लेख छ ।

प्रकाशित मिति:
थप समाज