नेभिगेशन

सुकुम्वासीलाई गाँस, बास र कपास माग्दै माइतीघरमा प्रदर्शन

काठमाण्डाै – सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट हटाएको विरोधमा आज माइतीघरमा प्रदर्शन भएको छ । वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन र जात व्यवस्था उन्मूलन मोर्चाले प्रदर्शन गरेका हुन् ।

सरकारले वैशाख महिनामा काठमाण्डाैका नदी किनारका सुकुम्वासी बस्ती हटाएर विस्थापितहरूलाई विभिन्न ठाउँका होल्डिङ सेन्टरमा राखेको थियो । अहिले उनीहरूलाई होल्डिङ सेन्टरबाट हट्न दबाव दिँदै खाना र पानीसमेत दिन बन्द गरेपछि विरोध भइरहेको छ ।

यो विषय केही दिनदेखि संसदमा लगातार उठपरहेको छ ।

प्रकाशित मिति:
थप समाज