नेभिगेशन

गणेश नेपालीको उपचार खर्च सरकारले उपलब्ध गराउने, भारत लैजाने तयारी

काठमाण्डौ —  त्रिपुरेश्वरको राहदानी विभाग अगाडि हिजो भएको घटनामा परी गम्भीर रूपमा जलन भएका गणेश नेपालीको सबै उपचार खर्च सरकारले उपलब्ध गराउने भएको छ ।

वीर अस्पतालमा उपचाररत नेपालीको थप तथा विशिष्टिकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीमा रहेको ‘अखिल भारतीय आयुर्विज्ञान संस्थान’ एम्स लैजाने तयारी गरिएको छ । बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुधन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू हिजो वीर अस्पताल पुगेका थिए ।

उनीहरुले अस्पतालका चिकित्सक टोलीसँग घाइतेको पछिल्लो स्वास्थ्य स्थिति र उपचारको प्रगतिका बारेमा प्रत्यक्ष जानकारी लिएका थिए । चिकित्सकसँगको परामर्श र अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै उनीहरुले बिरामीलाई तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा घाइते नेपालीलाई थप उपचारका लागि भारत लैजाने प्रक्रिया अघि बढाइएको हो । २५ वर्षीय नेपालीले हिजो राहदानी विभाग अगाडि पेट्रोल खन्याएर आफूलाई जलाएका थिए ।

प्रकाशित मिति:
थप समाज