नेभिगेशन

काभ्रेको मण्डनदेउपुर नगरपालिका पूर्णखोप विद्यालय सुनिश्चित घोषणा

काठमाण्डौ — काभ्रेको मण्डनदेउपुर नगरपालिका पूर्णखोप विद्यालय सुनिश्चित नगरपालिका घोषणा भएको छ ।

आर्थिक वर्ष २०८२/०८३ मा विद्यालय भर्ना भएका ५९ महिनामुनिका ६५९ जना बालबालिकाले नेपाल सरकारबाट उपलब्ध सबै खोप र मात्रा पुरा गरेको विद्यालय र वडा तहबाट सुनिश्चित गर्दै नगरपालिकालाई पूर्णखोप विद्यालय सुनिश्चित गरिएको हो ।

महादेवटारमा भएको कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले नगरपालिकास्तरिय खोप समन्वय समितिका अध्यक्ष टोकबहादुर वाईवालाई जिल्ला खोप समन्वय समितिको तर्फबाट प्रमाण पत्र प्रदान गर्नुभयो ।

पूर्णखोप सुनिश्चित हुने ५९ वटै विद्यालयलाई नगरपालिकास्तरिय खोप समन्वय समितिको तर्फबाट नगर प्रमुख टोकबहादुर वाईवाले प्रमाण पत्र प्रदान गर्नुभयो । मण्डनदेउपुर नगरपालिका पूर्णखोप निर्देशिका बमोजिम पूर्णखोप सुनिश्चित विद्यालय घोषणा गर्ने नेपालकै पहिलो पालिका समेत बनेको छ ।

नगरपालिका अन्तर्गत ४३ वटा सामुदायिक तथा ६ संस्थागत विद्यालय अध्ययनरत ५९ महिनासम्मका सम्पूर्ण बालबालिकाले राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम पाउनुपर्ने सबै खोप प्राप्त गरेको प्रमाणित भएपछि सम्बन्धित विद्यालयलाई पूर्णखोप सुनिश्चित विद्यालय घोषणा गरी त्यसैका आधारमा सम्पूर्ण मण्डनदेउपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चित विद्यालय भएको नगरपालिका घोषणा गरिएको जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्थमणि न्यौपाने जानकारी दिनुभयो ।

प्रकाशित मिति:
थप समाज