नेभिगेशन

तीन दिनमा जलनका तीन घटना : दुई जनाको उपचार चल्दै

काठमाण्डौ — बिहीवारयता तीन दिनमा जलनका तीन वटा घटना भएका छन् । तीन जना मध्ये मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा हिजो ज्यान गएको छ भने अरु दुई जनाको उपचार भैरहेको छ ।

सर्लाहीको गोडैता नगरपालिकाका विवेक मण्डलको अवस्था चिन्ताजनक छ । हिजो हेलिकप्टरबाट काठमाण्डौ ल्याएका मण्डलको कीर्तिपुरको बर्न अस्पतालमा उपचार भैरहेको छ । जलनबाट गम्भीर बिरामी २५ वर्षीय मण्डलले  शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यस्तै आज बिहान काठमाण्डौको बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि आफ्नै शरीरमा आगो लगाएको र वीर अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरिक्षक पवन भट्टराईले जानकारी दिनुभएको छ ।

हिजो बिहान वीर अस्पतालमा ज्यान गुमाएका गणेश नेपालीको शव परीक्षणका लागि गएराति त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

प्रकाशित मिति:
थप समाज