नेभिगेशन

धार्मिक पर्यटन प्रवर्द्धनका लागि ‘शिव सर्किट’ परियोजना

काठमाण्डौ - पुराणमा सीमित रहेको मोक्ष मार्ग ब्युँताउन बागमती सरकारले बजेट सहित कार्यक्रमको व्यवस्था गर्न थालेको छ । 

प्रदेश सरकारले शिव सर्किट परियोजनामार्फत १० जिल्लाका ६४ प्राचीन शिवलिङ्गलाई एउटै धार्मिक मार्गमा जोड्ने अभियान थालेको हो । झण्डै एक खर्ब ९३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनाको पहिलो चरणमा सिन्धुली, काठमाण्डौ र काभ्रेका लागि बजेट विनियोजन भइसकेको छ । 

सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको आदिलिङ्ग कुशेश्वर महादेवबाट यात्राको शुरुवात हुनेछ, जहाँ अहिले ५ करोड ७६ लाख लागतको निर्माण कार्य अघि बढेको छ । इन्जिनियरिङ अध्ययनअनुसार आदिलिङ्गदेखि पशुपतिनाथसम्मको यो सर्किट ९५५ किलोमिटर लामो हुनेछ । 
जसअन्तर्गत ६३ किलोमिटर सडक स्तरोन्नति र ३४ किलोमिटर पुरानो पदमार्ग संरक्षण गरिनेछ । स्कन्द पुराणको हिमवत्खण्डमा वर्णित यो झण्डै २ हजार ९ सय वर्ष पुरानो मोक्ष मार्ग पुनर्जीवित भएसँगै धार्मिक पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी र आर्थिक विकासमा टेवा पुग्ने प्रदेश सरकारको दाबी छ । 

प्रकाशित मिति:
थप समाज