नेभिगेशन

पूर्वी नेपालमा मनसुनकाे प्रभाव धेरै

काठमाण्डाै – नेपालका पूर्वी तथा केही पहाडी क्षेत्रमा मनसुनको प्रभाव धेरै रहेको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुनजन्य विपद्को जोखिम बढ्न सक्ने भन्दै नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसमविद्का अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी प्रदेशका केही पहाडी भूभागमा ठूलो वर्षा हुन सक्ने सम्भावना रहेको छ । ती क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयजस्ता प्राकृतिक विपद्को जोखिम हुनसक्ने भएकाले सावधानी अपनाउन मौसमविद् मीनकुमार अर्यालले अनुरोध गर्नुभएको छ ।

अहिले नेपालको तराई भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा औसतभन्दा केही माथि रहेको छ । यसको प्रभावका कारण आज राति मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका थोरै ठाउँमा वर्षा हुने सम्भावना रहेको छ ।

भोलि दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही ठाउँमा वर्षा तथा हिमपातको सम्भावना छ भने अन्य हिमाली क्षेत्रमा पनि छिटफुट वर्षा हुन सक्ने अनुमान गरिएको छ । पहाडी र तराई क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति:
थप समाज