नेभिगेशन

आज काठमाण्डौ उपत्यकासहित २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाण्डौ - आज काठमाण्डौ उपत्यकासहित २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम छ । 

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डौ, भक्तपुर र ललितपुरसहित देशका २२ जिल्लामा बाढीको मध्यम जोखिम छ । 

आज बिहानको मापन अनुसार मुख्य नदीहरू कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीका साथै सहायक नदीमा जल सतहको अवस्था सामान्य छ । त्यसै गरी कनकाई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि पानीको बहाव सतर्कता तहभन्दा तलै छ । 

काठमाण्डौ उपत्यकासहित आज पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, धादिङ, लमजुङ, कास्की, नवलपरासी पूर्व र पश्चिम, पाल्पा, पर्वत, प्युठान, दाङ र ती आसपासका जिल्ला भएर बहने स–साना नदीमा  बहाव उल्लेख्य बढेर आकस्मिक बाढी आउन सक्ने अनुमान छ । 

यी जिल्लाको नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । आज मधेशसहित ५ वटा प्रदेशमा वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भाग र मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराइ भागको एक÷दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज राति कोशी प्रदेशको पहाडी भाग तथा कोशी र लुम्बिनी प्रदेशको तराई भागको एक–दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

प्रकाशित मिति:
थप समाज