नेभिगेशन

नागढुङ्गा सुरुङमा ‘टनेल रन एण्ड वाक’ सम्पन्न

काठमाण्डौ - सडक विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालको आयोजनामा नाग ढुङ्गा सुरुङ मार्गमा ‘नाग ढुङ्गा टनेल रन एण्ड वाक’ सम्पन्न भएको छ । 

नागढुङ्गा सुरुङ मार्गको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्दै यसको प्रवर्द्धन गर्ने उद्देश्यले दौड तथा पदयात्रा गरेको विभागले जनाएको छ । नाग ढुङ्गा–नौबिसे सुरुङ मार्ग अन्तर्गत दुई हजार ६८८ मिटर लामो छ । शुरुवाती ठेक्का सम्झौताअनुसार यो आयोजना सन् २०२३ अप्रिल २६ भित्रै सम्पन्न हुनुपर्नेमा ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारण यो आयोजनाको काममा ढिलाइ भएको हो ।

 आयोजनाका अनुसार काठमाडौँ प्रवेश तथा बाहिरिने नाग ढुङ्गा–नौबिसे नाका हुँदै दैनिक औसतमा दुई पाङ्ग्रेबाहेक झण्डै आठ हजारभन्दा बढी साना तथा ठूला गाडी गुड्छन् । यो सुरुङ मार्गको उद्घाटन आउँदो ११ गते गर्ने तयारी छ । 

प्रकाशित मिति:
थप समाज