नेभिगेशन

काठमाण्डौ उपत्यकासहित ३५ जिल्लामा आज बाढीको जोखिम

काठमाण्डौ - आज काठमाण्डौ उपत्यकासहित ३५ जिल्लामा बाढीको जोखिम छ ।

बाढी पूर्वानुमान महाशाखाले आज बिहान निकालेको सूचनाअनुसार काठमाण्डौ, भक्तपुर, ललितपुरसहित ३५ जिल्ला र आसपासका खोला–नदीमा बाढी आउने सम्भावना छ ।

बाढीको सम्भावना भएका जिल्लाको नदी तटीय क्षेत्र तथा जोखिम हुन सक्ने बस्तीका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार काठमाण्डौ उपत्यकासहित काभ्रे, झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ ।

Capture-1784436161.JPG
 

प्रकाशित मिति:
थप समाज