नेभिगेशन

काठमाण्डौ उपत्यकामा केहीबेरको वर्षाले पनि जलमग्न हुने समस्या उस्तै

काठमाण्डौ — काठमाण्डौ उपत्यकाका विभिन्न सडकमा केहीबेर पानी पर्नेबित्तिकै जलमग्न हुने क्रम बढ्न थालेको छ । हिजो पनि सडक जलमग्न हुँदा गाडी सञ्चालनमै समस्या आएको  थियो ।

ट्राफिक प्रहरीका अनुसार सडकमा पानी जमेपछि गाडी एउटै लेनबाट आवतजावत गर्नुपर्ने अवस्था सिर्जना हुँदा दुर्घटनाको जोखिम बढ्ने गरेको छ ।

वर्षाका कारण हिजो साँझ पनि माइतीघर, अनामनगर लगायत विभिन्न ठाउँका सडक जलमग्न भएको हो ।

वर्षायाममा पानी जम्ने भएकाले सडकमा तीव्र गतिमा गाडी  नचलाउन, सुरक्षित दूरी कायम गर्न तथा निर्देशन पालना गर्न ट्राफिक प्रहरीको आग्रह छ ।

प्रकाशित मिति:
थप समाज