नेभिगेशन

पहिरोका कारण अवरुद्ध धादिङ, चितवन र काभ्रेको सडक खुलाउने प्रयास हुँदै

काठमाण्डौ — पृथ्वी राजमार्ग अन्तर्गत धादिङ र चितवन तथा बीपी राजमार्ग अन्तर्गत काभ्रेमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको छ । रातिदेखि अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिको जवाङ खोलानजिकै दुई ठाउँमा पहिरो खसेको छ भने चितवनको इच्छाकामना गाउँपालिका फिसलिङमा पनि पहिरो खसेको छ । पहिरो पन्छाउन अझै केही समय लाग्ने धादिङ र चितवन प्रहरीले जनाएका छन् ।

नारायणगढ–मुग्लिन–पोखरा सडक भने खुला छ । तर मुग्लिन–काठमाण्डौ सडक भने अहिले बन्द छ । प्रहरीले काठमाण्डौबाट बाहिरिने गाडीलाई नागढुंगा र काठमाण्डौ भित्रिने गाडीलाई कुरिनटारमा रोकेर राखेको छ ।

यसैगरी काभ्रेको रोशीमा पनि पहिरो खसेका कारण बीपी राजमार्ग गएरातिदेखि बन्द छ । सडक खुलाउने प्रयास भैरहेको काभ्रे प्रहरीले जनाएको छ । 
  

प्रकाशित मिति:
थप सडक र सवारी