नेभिगेशन

दोलखाकाे सिप्रिङ खोलामा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना जोखिमपूर्ण ठाउँमा

काठमाण्डौ - दोलखाको गौरीशंकर गाउँपालिका ९ मा आएको बाढीले बगाउँदा एक वृद्ध बेपत्ता भएका छन् भने चार जना जोखिमपूर्ण ठाउँमा अड्किएका छन् ।

गएराति गौरीशंकर गाउँपालिकाको सिप्रिङ खोलामा आएको बाढीले स्थानीय ७३ वर्षीय चसमान तामाङलाई बगाएको छ भने सिप्रिङ खोला जलविद्युत् केन्द्रका चार कर्मचांरी भीरमा अड्किएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी मनोज लामाल जानकारी दिनुभएको छ ।

बाढीका कारण सिप्रिङ खोला जलबिद्युत केन्द्रमा कार्यरत कर्मचारीहरु सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ भीरको खुड्किलोमा अड्केकोले उनिहरुको उद्धारका लागि प्रहरी खटेको उहाँले जानकारी दिनुभएको छ ।

खोलामा अहिले पनि लगातार बाढी आइरहेका कारण उनीहरुको उद्धार कठिन भएकाले थप प्रहरीहरू सिंगटी र रोल्वालिङबाट घटनास्थल पुगेका छन् । डीएसपी लामाका अनुसार बाढीले सिप्रिङ खोला जलविद्युत केन्द्रको ड्याम साइडमासमेत क्षति गरेको र खोलाले दुवैतर्फको जमिन कटान गरेको छ ।
 

प्रकाशित मिति:
थप समाज