नेभिगेशन

दोलखा अपडेट : चार जनाको उद्धार, एक जनाको खोजी चल्दै

काठमाण्डौ - दोलखाको गौरीशंकर गाउँपालिका–९ मा आएको बाढीमा फसेका चार जनाको उद्धार गरिएको छ । 

बाढीले बगाउँदा एक जना बेपत्ता छन् । चार जना जोखिमपूर्ण ठाउँमा अड्किएको र आज बिहान स्थानीयको पहलमा उद्धार भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

बाढीका कारण सिप्रिङ खोला जलविद्युत केन्द्रमा कार्यरत कर्मचारीहरू सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ भीरमा अड्केको अवस्थामा उद्धार भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी मनोज लामाले जानकारी दिनुभयो । उहाँकाअनुसार गए राति गौरीशंकर गाउँपालिकाको सिप्रिङ खोलामा आएको बाढीले स्थानीय ७३ वर्षीय चसमान तामाङलाई बगाएको छ । उहाँको खोजी भइरहेको छ । 

बाढीले सिप्रिङ खोला जलविद्युत केन्द्रको ड्याम साइडमासमेत क्षति गरेको र खोलाले दुवैतर्फको जमिन कटान गरेको छ ।

प्रकाशित मिति:
थप समाज