नेभिगेशन

बिलबिजक नराख्नेलाई आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको जरिवाना

काठमाण्डौ - स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नागार्जुन-२, खरिबोट, वनस्थलीस्थित राज श्री खाद्य स्टोरलाई जरिवाना गरेको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफाअनुसार बिलबिजक नराखेको पाइएपछि विभागले उक्त स्टोरलाई ५ हजार रुपैयाँ जरिवाना गरेको हो।

विभागले हिजो कुल आठ वटा फर्ममा स्थलगत अनुगमन गरेको थियो। तीमध्ये सात वटा फर्मलाई सुधारात्मक निर्देशन दिइएको छ।

विभागले उपभोक्ता अधिकारकर्मीहरूको उपस्थितिमा नियमित रूपमा बजार अनुगमन गर्दै आएको जनाएको छ।

प्रकाशित मिति:
थप समाज