नेभिगेशन

पहिलो टी– २० अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेमाथि भारतको जित

भारतले पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेमाथि ७ विकेटको जित निकालेको छ । हरारेमा हिजो भएको खेलमा जिम्बावेले दिएको १ सय २६ रनको लक्ष्य भारतले १३ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गरेकाे हाे ।

भारतका लागि १५ वर्षीय सूर्यवंशीले १८ बलमा अर्धशतक पूरा गरे । यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो ।

उसका लागि वेस्ली मधेवेरेले ३९ रन बनाए। रायन बर्लले २६ रन जोडे । भारतका मयंक यादव र प्रिन्स यादवले समान २ विकेट लिए ।

दुई टोलीबीचको दोस्रो खेल भोलि हुनेछ ।

प्रकाशित मिति:
थप खेलकुद