नेभिगेशन
मंगलबार, भदौ ३०, २०८३

इटालीको प्रशिक्षक बन्ने प्रस्ताव ग्वाार्डिओलाले अस्वीकार गरे

काठमाण्डाै – पेप ग्वाार्डिओलाले इटाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बन्ने प्रस्ताव अस्वीकार गरेका छन् ।

यो हप्ताको शुरूमा इटालियन फुटबल महासङ्घ (एफआईजीसी) का अध्यक्ष जियोभानी मालागोले ग्वार्डिओलासँग कुराकानी भएको र उनको तलबका सम्बन्धमा ‘विशेष व्यवस्था’ गर्न सकिने बताएका थिए ।

इटालियन फुटबल महासङ्घका प्राविधिक निर्देशक पोओलो माल्दिनीले बताएअनुसार गएको बिहीवार इटालीले शुरूमा आफ्ना पूर्वखेलाडी कार्लो एन्सेलोटीलाई सम्पर्क गरेको थियो । एन्सेलोटीले अहिले ब्राजिलको जिम्मेवारी सम्हालिरहेका छन् ।

एन्सेलोटीले ब्राजिलियन टोलीको प्रशिक्षणलाई निरन्तरता दिने र ग्वार्डिओलाले खेलबाट विश्राम लिने आफ्नो योजनाबारे इटालीलाई जानकारी दिएका बीबीसीले जनाएको छ ।

लगातार ३ वटा विश्वकपमा छनोट हुन असफल भएको इटालीले आफ्नो टोलीको जिम्मेवारी सम्हाल्न खेल जगतका एक जना सर्वाधिक सफल प्रशिक्षकलाई आकर्षित गर्ने प्रयासस्वरूप ग्वार्डिओलालाई आकर्षक तलबका साथै आफूलाई उपयुक्त लागेअनुसार कामको स्वरूप तय गर्न सक्ने छुट दिएको थियो । तर परिस्थितिबारे विचार गर्न केही समय लिएपछि ग्वार्डिओलाले प्रस्ताव अस्वीकार गरेका खबरमा उल्लेख छ ।

पेप ग्वार्डिओलाले म्यानचेस्टर सिटीसँग १० सिजनमा १७ वटा प्रमुख उपाधि जितेपछि गएको मे महिनामा क्लब छोडेका थिए ।

प्रकाशित मिति:
थप खेलकुद