नेभिगेशन

‘ग्रे लिस्ट’ लाई वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छ : एआईएन काेषाध्यक्ष माथेमा

काठमाण्डाै – अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको साझा सञ्जाल (एआईएन) ले आफ्ना सदस्य संस्थाहरूका लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

सरकारले सम्पत्ति शुद्धीकरण निवारण ऐनको पाँचौँ संशोधनमार्फत गैरनाफामूलक क्षेत्रलाई पनि कानूनी दायरामा ल्याएपछि एआईएनले यो पहलकदमी लिएको हो ।

कार्यक्रममा एआईएनकी कोषाध्यक्ष सुजिता माथेमाले अन्तर्राष्ट्रिय वित्तीय निगरानी गर्ने निकाय ‘फाइनान्सियल एक्शन टास्क फोर्स’ (एफएटीएफ) ‘ग्रे लिस्ट’ मा पर्नुलाई नेपालले चेतावनी मात्र नभई वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभयो । ‘ग्रे लिस्टिङ’ को असर वैदेशिक लगानी, रेमिट्यान्स र देशको छविमा पर्ने भएकाले वित्तीय सुशासन कायम गर्नु सबैको साझा जिम्मेवारी भएको उहाँको भनाइ छ ।

कार्यक्रममा सरकारी अधिकारी र प्राविधिक विज्ञहरूले विद्यमान नीतिगत व्यवस्था र कार्यान्वयनका चुनौतीबारे जानकारी गराएका छन् ।

प्रकाशित मिति:
थप अर्थ