नेभिगेशन

बचत फिर्ता माग्दै काठमाण्डाैमा सहकारी पीडितकाे प्रदर्शन

काठमाण्डौ – सहकारी पीडितले बचत फिर्ताको माग गर्दै आज काठमाण्डाैकाे माइतीघरमा प्रदर्शन गरेका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले भेदभाव गर्न नहुने, बचत फिर्ताको बलियो आधार बनाउनुपर्ने र बचत फिर्ता गर्नुपर्ने माग गरेका छन् ।

माइतीघरबाट शुरू भएकाे र्‍याली बुद्धनगरमा रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय पुगेको छ ।

प्रदर्शनकारीहरूले यसअघि सरकारसँग भएको सम्झौता पनि बोकेका छन् । वर्तमान सरकारले बचत फिर्ताको नाममा साना–ठूला भनेर भेदभाव गरेको उनीहरूको गुनासो छ ।

प्रकाशित मिति:
थप समाज