नेभिगेशन

विश्वकपबारे गलत हल्ला फैलाउनुको सट्टा ध्यान गर्न, फुटबल हेर्न फिफा अध्यक्षको आग्रह

काठमाण्डाै – फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नो नेतृत्व, संस्था र विश्वकपबारे ‘घृणा र गलत हल्ला फैलाउनु’ को सट्टा ‘ध्यान गर्न, प्रार्थना गर्न वा फुटबल हेर्न’ आलोचकहरूलाई आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामको पोस्टमार्फत विश्व फुटबलको सर्वाेच्च निकायका अध्यक्ष इन्फान्टिनोले ‘कलम–कापी र स्क्रिनको पछाडि बसेकाहरू’ लाई सम्बोधन गर्दै उनीहरू ‘घृणाको बीउ रोप्न’ व्यस्त रहँदा फिफाले भने ‘विश्वकै सबैभन्दा ठूलो प्रतियोगिता’ सञ्चालन गरिरहेको बताउनुभएको छ ।

उहाँले विश्वकपले ‘मानवताको उत्कृष्ट पक्षलाई उत्सवका रूपमा मनाएको’ उल्लेख गर्नुभयो । इन्फान्टिनोले प्रतियोगिताका केही चर्चित विवादहरूलाई कम महत्त्व दिँदै अमेरिकासँग चलिरहेको द्वन्द्वका बाबजुद विश्वकपमा सहभागिता जनाएको इरानको उपस्थितिलाई सफलताका रूपमा प्रशंसा गर्नुभयो ।

फिफाले ‘युद्धरत दुई देशलाई एकताबद्ध गर्न अथक प्रयास गरेको र यस क्रममा इरान ‘कुनै घटना वा झडपविना’ अमेरिका प्रवेश गरेको उहाँको भनाइ छ । यद्दपि इरानका मुख्य प्रशिक्षक अमिर घालेनोईले विश्वकपमा आफ्नो टोली ‘सबैभन्दा धेरै पीडित’ भएको बताउनुभएको थियो ।

प्रकाशित मिति:
थप खेलकुद