नेभिगेशन

भाेलि बिहान धौलिगङ्गा बाँध खोलिँदै, महाकाली किनारका बासिन्दालाई सतर्क रहन आग्रह

काठमाण्डाै – भोलि बिहान भारततर्फ रहेको धौलिगङ्गा जलविद्युत् आयोजनाको बाँध सफाइका लागि खोलिने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले चेतावनी जारी गरेको छ ।

प्रशासनले सूचना निकालेर भोलि बिहान ६ बजेदेखि पर्सि बिहीवार बेलुका ६ बजेसम्म झन्डै ३६ घण्टा धौलिगङ्गा पावर स्टेशनको स्लुइस गेट सफाइका लागि बाँध खोलिने जानकारी गराएको हो ।

बाँध खोलेसँगै महाकाली नदीको जलस्तर बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

बाँध खुला रहने अवधिमा तथा त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ्न सक्ने सम्भावना रहेकाले नदी किनारमा सचेततापूर्वक मात्रै आवतजावत गर्न, नदीमा माछा मार्न, ढुङ्गा–बालुवा सङ्कलन गर्न तथा अन्य जोखिमपूर्ण गतिविधि नगर्न प्रशासनले आग्रह गरेको छ ।

पालिका, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालालाई पनि आवश्यक तयारी र सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

release-1785240779.jpg

प्रकाशित मिति:
थप समाज