नेभिगेशन
बुधबार, मंसिर ९, २०८३

गण्डकी, कर्णाली र सुदूरपश्चिम क्षेत्रमा आंशिक बादल

काठमाण्डौ – आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिमबाहेकका अन्य क्षेत्रमा आज मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान तराई, उपत्यका र खोँचहरूमा हुस्सु र कुहिरो लागेको छ ।

महाशाखाका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका हिमाली भागमा आंशिक बदली रहने तथा बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ ।

भोलि बिहान उपत्यका र खोँचहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । पर्सि शुक्रबार भने कोशी प्रदेशको हिमाली एक÷दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको  छ ।

प्रकाशित मिति:
थप समाज