नेभिगेशन
मंगलबार, मंसिर ८, २०८३

बाँकेकाे बैजनाथमा दुई पक्षबीच झडप, ८ राउन्ड हवाई फायर

काठमाण्डाै – बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा दुई पक्षबीच भएको विवाद नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले दुई पक्षबीच भएको विवाद नियन्त्रणमा लिन आठ राउन्ड हवाई फायर गरिएको जानकारी दिनुभयो ।

स्थानीय चिसापानीमा लागेको मेलामा दुई पक्षबीच झडप भएको थियो । उनीहरूलाई छुट्याउन गएको प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले बैजनाथका मनोज सुनारलाई नियन्त्रणमा लिएको छ भने अन्यको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राठौरले बताउनुभयो ।

घटनामा परेर घाइते भएकाहरूको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति:
थप समाज