नेभिगेशन
मंगलबार, मंसिर ८, २०८३

गोरखाको चुमनुब्री र धार्चे क्षेत्रमा बेमौसमी हावाहुरी

काठमाण्डौ – गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकामा बेमौसमी हावाहुरी चलेको छ ।

बिहानको हावाहुरीले धार्चे गाउँपालिका–५ सिङ्लाको सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको छ । केही घरका पनि छाना उडाएको स्थानीयबासिन्दाले बताएका छन् ।

स्थानीय शिक्षिका सपना गुरुङका अनुसार, हुरीले विद्यालयको जस्तापाता उडाएको छ । कच्ची अवस्थामा रहेका केही घर र गोठका छाना पनि उडाएको उहाँको भनाइ छ ।

तीव्र हावा चलेपछि धार्चे र चुमनुब्री क्षेत्रका स्थानीयबासिन्दा त्रसित बनेका छन् । त्यस क्षेत्रमा मौसम सफा छ भने अहिले घाम लागिरहेको छ । तर एक्कासी हावाहुरी चलेको हो ।

प्रकाशित मिति:
थप समाज