नेभिगेशन

कांग्रेस नेता गाेपालमान श्रेष्ठकाे निधन

काठमाण्डाै – नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ ।

जावलाखेलमा रहेको हेलिअस अस्पतालमा उपचारका क्रममा आज श्रेष्ठकाे निधन भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।

नेता श्रेष्ठको शव भोलि बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि शव यात्रासहित पशुपति आर्यघाटमा दाहसंस्कारका लागि लगिने पार्टी कार्यलयले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज