नेभिगेशन

बागमती, गण्डकी र कर्णालीका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना

काठमाण्डौ — आज पनि देशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

हिमाली र पहाडी भेगका केही ठाउँ र तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको रहेको महाशाखाले जनाएको छ ।

ठूलो पानी पर्ने ठाउँमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

mausam-pic-1785465146.JPG
 

प्रकाशित मिति:
थप समाज