नेभिगेशन

सुनसरी घटना : प्रहरीका उच्च अधिकारीलाई जिम्मेवारी

काठमाण्डाै – केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले सुनसरीकाे देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी सुरक्षा व्यवस्थापनका लागि प्रहरीका उच्च अधिकृतलाई मधेशका जिल्लामा जिम्मेवारी तोकिएको जानकारी दिनुभएकाे छ ।

सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षा योजना कार्यान्वयन, सूचना सङ्कलन तथा विश्लेषण र आवश्यकतानुसार फिल्डमा समेत खटिई सम्बन्धित प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी स्थितिको सामान्यीकरण गर्न वरिष्ठ अधिकारीलाई त्यस क्षेत्रमा खटाइएको प्रहरी नायब महानिरीक्षक काफ्लेले बताउनुभयाे ।

प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धीविक्रम शाहलाई बाँके, हिमालयकुमार श्रेष्ठलाई मधेश, उमाप्रसाद चतुर्वेदीलाई कपिलवस्तु र ईश्वर कार्कीलाई कोशी प्रदेश/सुनसरी तथा प्रहरी नायब महानिरीक्षकद्वय दिनेशकुमार आचार्यलाई सिरहा र अबिनारायण काफ्लेलाई सप्तरीको जिम्मेवारी दिइएको छ ।

यस्तै प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईलाई सर्लाही, सोमेन्द्रसिंह राठौरलाई पर्सा, दीपशम्शेर जबरालाई रौतहट, नवराज अधिकारीलाई चितवन, कृष्णप्रसाद पङ्गेनीलाई महोत्तरी, होबिन्द्र बोगटीलाई बारा, ज्ञानेन्द्रप्रसाद फुयाँललाई मोरङ, भुवनेश्वर तिवारीलाई धनुषा र अमरेन्द्रबहादुर सिंहलाई मधेशको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति:
थप समाज