नेभिगेशन

सुनसरी घटना : ओमप्रकाश र जयप्रकाशको शव उठाउन परिवार सहमत

काठमाण्डाै – सरकारसँग ७ बुँदे सहमति भएपछि सुनसरी घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताकाे शव उठाउन परिवार सहमत भएका छन् ।

पीडित परिवार शव उठाउन सहमत भएपछि अहिले आवश्यक प्रक्रिया चलिरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिनुभयो । दुवै शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिने र पाेस्टमार्टमपछि आफन्तकाे जिम्मा लगाइने प्रहरीले जनाएकाे छ ।

सुनसरीको देवानगञ्जमा गएको आइतवार राति भएको घटनामा ओमप्रकाश र जयप्रकाशकाे ज्यान गएकाे थियाे ।

यसैबीच सुनसरीका १० वटा पालिकामा कर्फ्यु आदेश कायमै रहेकाे छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले गएकाे मङ्गलवार राति ९ बजेदेखि जारी गरेको कर्फ्यु आदेश यथावत् रहेकाे हाे ।

प्रकाशित मिति:
थप समाज